दफा १७
बीमक जवाफदेही हुने
(१) बीमक, बीमकको कर्मचारी, विमा अभिकर्ता वा सर्भेयरले विमालेख लिनेहरुको हकहित विरुद्ध कुनै काम गरी नोक्सान पुयाएमा त्यसको क्षतिपूर्ति बीमकले बुझाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम बीमकले क्षतिपूर्ति नबुझाएमा वा विमा दावी क्षतिपूर्ति सम्बन्धमा तोकिएको अवधि भित्र दायित्व निर्धारण नगरेमा वा मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा बीमितले समितिमा तोकिए बमोजिम उजूरी गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम उजूरी परेमा समितिले उक्त उजूरी उपर आवश्यक छानबीन गरी संबन्धित बीमकलाई सो उजूरी उपर सफाई पेश गर्न मनासिब मौका दिनेछ ।
(४) उपदफा (३) बमोजिम बीमकले पेश गरेको सफाई मनासिब देखिएमा समितिले त्यस्तो उजूरी कारण खोली खारेज गर्न सक्नेछ र सफाई मनासिब नदेखिएमा समितिले मनासिब क्षतिपूर्ति उजूरवालालाई दिने निर्णय गर्नेछ ।
(५) उपदफा (४) बमोजिम उजूरवालाले क्षतिपूर्ति पाउने गरी समितिबाट निर्णय भएमा बीमकले त्यस्तो क्षतिपूर्तिको रकम सम्बन्धित बीमितलाई ……….. दिनु पर्नेछ ।
(६) उपदफा (४) बमोजिम निवेदकले क्षतिपूर्ति पाउने गरी समितिबाट भएको निर्णय विरुद्ध पुनरावेदन परी समितिको निर्णय सदर भएमा शुरु निर्णय भएको मितिदेखि मुद्दाको अन्तिम किनारा भएको मितिसम्मको क्षतिपूर्ति रकममा तोकिए बमोजिमको दरले हुन आउने व्याज रकम समेत थप गरी सम्बन्धित बीमकले बीमितलाई अविलम्ब भुक्तानी दिनु पर्नेछ ।